३ पुस २०८२, बिहिबार | December 18, 2025

म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ



काठमाडौं । थाइल्याण्ड लैजाने भनी झुक्याई जबर्जस्ती म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जुलाई प्रहरीले पक्राउ गरेको छ ।

चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौँ महानगरपालिका–१५ बिजेश्वरीमा अस्थायीरूपमा बस्ने उनलाई दक्षिण पूर्वी एसियाका लाओस, थाइल्याण्ड, म्यान्मारलगायतका देशमा रोजगारीको प्रलोभन देखाई अवैध अनलाइन स्क्यामिङमा लगाई शोषण गर्ने गरेको भन्ने उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरेको हो ।

लियाङले पीडितलाई थाइल्याण्डमा कम्प्युटर टाइपिङको काममा लाने भन्दै २०७९ साउन ९ गते म्यान्मार पुर्याई बन्धक बनाई अवैध अनलाइन स्क्यामिङमा काम गर्न बाध्य बनाई श्रम शोषण गरी शारीरिक तथा मानसिक यातना दिएको अवस्थामा पीडित नेपाल फिर्ता हुन खोज्दा उनले फिरौती रकम माग गरेकामा उक्त रकम बुझाएपछि नेपाल फिर्ता भएको खुल्न आएको छ ।

लियाङ सन् २०१८ देखि नेपाल आउने जाने गर्दै भिजिट, स्टुडेन्ट र बिजनेस भिसामा नेपालमा बसोबास गरी विभिन्न व्यवसायमा लगानी गरेको, उनीलगायत गिरोहले नेपालबाट रोजगारीमा थाइल्याण्ड लैजाने भनी नेपाली नागरिकलाई म्यान्मार पठाउने गरेको, म्यान्मार पुगेपछि राहदानी र मोबाइल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घन्टासम्म अनलाइनको काममा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

त्यस्तै अनलाइन स्क्यामिङमार्फत विशेषगरी अमेरिकी नागरिकलाई ‘फेक आइडी’ मार्फत कुराकानी गरी क्रिप्टोकरेन्सी, बिटक्वाइनलगायतमा लगानी गर्न लगाई ठगी गर्ने गरेको, काम गर्न नसकी फिर्ता हुन्छु भन्नेलाई रकम माग गर्ने गरेको, गिरोहकै मिलोमतोमा थाइल्याण्ड भनी म्यान्मार पठाइएका १० जनालाई जबर्जस्ती अनलाइन स्क्यामिङको काममा लगाउँदै आइरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै पक्राउ परेका उनीउपर जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ८ : १३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको