१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता



काठमाडौ । दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा नेपाल आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

शुक्रबार दिउँसो काठमाडौं अवरतण गरेका उनले अपरान्ह देउवालाई भेटेका हुन् । भेटका क्रममा  नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको सभापति देउवाले जानकारी दिएका छन् ।

भेटघाटको तस्बिरसहित सामाजिक सञ्जाल ट्वीटरमा देउवाले भेटबारे जानकारी दिँदै लेखेका छन्, ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ । नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो । नेपालको विकास र शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र लूको अटल सहयोगका लागि कृतज्ञ छु ।’

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ५ : ११ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा