२३ भदौ २०८३, मंगलबार | September 9, 2026

छुट्टाछुट्टै घटनामा बाँकेमा २ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा गएराती भएको छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । कोहलपुरमा मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ भने बैजनाथमा नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा नेपालगञ्जका सुभास शाहीको मृत्यु भएको हो । भे ७ प ७११६ नम्बरको मोटरसाइकलमा रहेका शाही कोहलपुर–११ स्थित बजारमा दुर्घटनामा परेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका शाहीको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं। १८, कारकाँदोका शाही मोटरसाइकल अनियन्त्रित भएर ठोक्कीएर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

उता बैजनाथमा सिक्टा नहरमा डुबेर २३ वर्षीया लक्ष्मी बस्नेतको मृत्यु भएको छ । बैजनाथ–३ मा रोपाई सकेर नुहाउने क्रममा बस्नेत नहरमा डुबेकी थिइन् । तत्कालै उद्दार गरेर कोहलपुर मेडिकल कलेजमा पु¥याएपनि अस्पतालका चिकित्सकले उनको मृत्यु घोषणा गरेका थिए । रोपाई सकेपछि तीन जना नहरमा नुहाउन गएकोमा बस्नेतको मृत्यु भएको हो ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १० : १९ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी