२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

छुट्टाछुट्टै घटनामा बाँकेमा २ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा गएराती भएको छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । कोहलपुरमा मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ भने बैजनाथमा नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा नेपालगञ्जका सुभास शाहीको मृत्यु भएको हो । भे ७ प ७११६ नम्बरको मोटरसाइकलमा रहेका शाही कोहलपुर–११ स्थित बजारमा दुर्घटनामा परेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका शाहीको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं। १८, कारकाँदोका शाही मोटरसाइकल अनियन्त्रित भएर ठोक्कीएर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

उता बैजनाथमा सिक्टा नहरमा डुबेर २३ वर्षीया लक्ष्मी बस्नेतको मृत्यु भएको छ । बैजनाथ–३ मा रोपाई सकेर नुहाउने क्रममा बस्नेत नहरमा डुबेकी थिइन् । तत्कालै उद्दार गरेर कोहलपुर मेडिकल कलेजमा पु¥याएपनि अस्पतालका चिकित्सकले उनको मृत्यु घोषणा गरेका थिए । रोपाई सकेपछि तीन जना नहरमा नुहाउन गएकोमा बस्नेतको मृत्यु भएको हो ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १० : १९ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात