काठमाडौं । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहितकाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि आज सुनुवाइ हुन लागेको छ ।
राउतसहित भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर कुमार शाह र मालपोतका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा हुने भएको हो ।
यसअघि आइतबार पनि पेशी तोकिएको थियो तर अदालतको हेर्न नभ्याइनेमा परेको थियो । तर, इजलासले प्रतिवादीहरुलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
सोही इजलासमा प्रहरी प्रधान कार्यालयले दायर गरेको भ्याकेटमाथि पनि सुनुवाइ हुने भएको छ । प्रहरीले प्रतिवादीले अग्रिम जमानत लिएको विरुद्ध भ्याकेट दर्ता गराएको हो ।



















प्रतिक्रिया