४ पुस २०८२, शुक्रबार | December 19, 2025

आर्थिक वर्ष २०७९/८० भरि नै दबाबमा रह्यो अर्थतन्त्र



काठमाडौ। गत आर्थिक वर्षको सुरुवातदेखि नै दबाबमा रहेको देशको अर्थतन्त्र अर्थिक वर्षको अन्तिमतर्फ आइपुग्दा भने केही सुधारात्मक रहेको देखियो । अर्थतन्त्रका प्रमुख सूचकहरुमा मन्दी देखिएसँगै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत केही कसिलो नीति लियो । तथापि, वर्षको सुरुवातमा उक्त नीतिले पनि काम गरेन ।

देश आर्थिक संकटतर्फ गयो भनेर धेरै टिकाटिप्पणी भए । नेपाल पनि श्रीलंका जस्तो बन्ने भयो भन्दै धेरैले आशंका गरे । यसैबीच, बैंकको ब्याजदर निकै बढ्यो । ब्याजदर बढे पनि तरलता संकुचित बनिरह्यो र व्यवसायीहरुले ऋणसमेत पाउन सकेनन् ।

आर्थिक गतिविधिमा सुस्तता आउँदा आम मानिसको क्रय शक्ति घट्दै गयो । अर्थतन्त्रमा देखिएको मन्दीले नेपाली सेयर बजारलाई पनि बेस्सरी असर गर्‍यो । आर्थिक वर्ष अर्थात २०७८/७९ को अन्तिम कारोबार दिनमा नेप्से सूचक २००१।५३ विन्दुमा बन्द भएको थियो ।

आर्थिक वर्ष २०७९/८० को अन्तिम दिनमा अर्थात असार ३१ गते आइतबारसम्म आइपुग्दा नेप्से सूचक २०९७।०९ विन्दुमा बन्द भएको छ । यस आधारमा एक वर्षमा नेप्से सूचक ४।७७ प्रतिशतले मात्र बढेको देखिन्छ । यसबीचमा नेप्से सूचक १८०६ विन्दुसम्म झरेको थियो । यद्दपि, पछिल्लो समय अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधार भएसँगै नेप्सेमा पनि केही वृद्धि भएको हो ।

यो वर्ष विगत लामो समयदेखि अल्झिएको नयाँ ब्रोकरलाई लाइसेन्स दिने प्रक्रियाले भने पूर्णता पाएको छ । केही कम्पनीहरुले नयाँ आर्थिक वर्ष नलाग्दै कारोबार सुरु गरिसकेका छन् । केहीले भने अब नयाँ आर्थिक वर्षदेखि कारोबार सुरु गर्नेछन् ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ११ : १६ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ