२१ असार २०८३, आइतबार | July 5, 2026

इलामको महाभीर चटान बन्यो पूर्वको पहिलो आरोहण रुट



इलाम । इलाम नगरपालिका वडा नं ८ मा रहेको महाभीर चटानमा आरोहणको रुट तयार भएको छ ।

विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाकोे पर्यटन सदभाबना दूत कल्पना महर्जनको संयोजकत्वमा यो रुट तयार भएको हो । सो रुट तयार पारी आरोही महर्जन काठमाडौं फर्किसकेकी छिन् । रुट बनाउनका लागि यसअघि उनी इलाम पुगेकी थिइन् ।

रुट फिक्सिगको काम लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानीको नेतृत्वमा थालिएको हो । नरबहादुरको साथमा सहयोगीहरु सुजन गुरुग, थोप्टेन लामा र सज्जन घले रहेका थिए । रुटको व्यवस्थापन क्लाम्विग पर्यटकीय क्षेत्र प्रवद्र्धन विकास समितिले इलाम नगरपालिका ८ महभीरको रहेको थियो । इलाम नगरपालिका र पर्यटन वोर्डको आर्थिक व्यस्थापनबाट रुट बनाएको थियो ।

विश्व कीर्तिमानी सगरमाथा आरोही एवं इलाम पर्यटन सदभावना दूत कल्पना महर्जनले महाभीरमा रहेको चटानमा ७ वटा विभिन्न ग्रेडको रुट बनाएको बताइन् । नेपालको पूर्वी क्षेत्रमा बनाइएको यो पहिलो माउण्टेन रुट रहेको बताइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : ०९ बजे

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु