७ चैत्र २०८२, शनिबार | March 21, 2026

प्रधानमन्त्रीको रोहवरमा भएको सहमतिबाट पछि हट्यो घले समूह



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं महाधिवेशनमा शेष घले समूह सहभागी नहुने भएको छ। संस्थापन पक्षले सहमति अनुसारका शर्त पालना नगरेको भन्दै घले समूह एकता प्रक्रियाबाट पछि हटेको हो।

सोमबार सम्पन्न बैठकले विभिन्न एजेण्डामा छलफल गर्दै तीन वटा निणर्य गरेको घले समूहका सचिव कृष्ण केसीले जनाएका छन्।

एक १ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको रोवहरमा दुवै पक्षबीच आगामी महाधिवेशन एउटै थलोमा गर्ने सहमति भएको थियो। दशौं महाधिवेशन एकताको महाधिवेशन हुन नसकेको स्वीकार गर्दै एघारौं महाधिवेशन सहमति, सहकार्य र एकताको अधिवेशन बनाउने संकल्पसहित दुवै पक्षबीच ७ बुँदे सहमति भएको थियो।

सहमतिपत्रमा एनआरएनएका अध्यक्ष बद्री केसी, अर्को पक्षका अध्यक्ष विनोद कुँवर, उपाध्यक्ष जानकी गुरुङ र केसी पक्षका उपाध्यक्ष डीबी क्षेत्री तथा आरके शर्माले हस्ताक्षर गरेका थिए। तर, घले समूहले भने संस्थापन पक्षले सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै यसबारेमा सरकारका प्रतिनिधिलाई जानकारी गराउने जनाएको छ।

‘एकताको ११ औं महाधिवेशनबारेमा अर्को पक्षसँगको संयुक्त बैठकमा भएका ७ वटा निर्णयमध्ये हामीले विश्वभरि नै पहलको पालना गरेको तर, अर्कोपक्षले कार्यान्वयन नगरेकाले सबै कुराको प्रतिवेदनसहित नेपाल सरकारलाई जानकारी गराउने,’ बैठकमा निर्णय भएको छ। यसअघि राष्ट्रिय समितिहरूका दुवै पक्ष मिलेर गर्ने सहमति भएको थियो। तर, संस्थापन पक्षले आफूहरूसँग सहमति पालना नगरी एकलौटी ढंगले एनसीसीको अधिवेशन गरिरहेको घले पक्षको तर्क छ।

‘राष्ट्रिय महाधिवेशन सम्बन्धमा तत्काल विश्वभरीका सबै एनसीसीहरू सम्मानजनक रुपमा एकता हुने अवस्था नदेखिएकाले एनसीसीहरूले आफ्नो देशको परिस्थिति र विधान अनुसार सदस्यता खुला गर्दै राष्ट्रिय महाधिवेशनको तयारी गर्ने। यसका लागि आरसीसीहरुले पहल गर्ने,’ बैठकको निर्णय छ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १२ : ४८ बजे

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल