१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

श्रद्धाञ्जली सभामा भावुक हुँदै प्रचण्डले भने– सीताले मृत्यु निकै शान्त रोजिन्



काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकलमल दाहाल प्रचण्डले आफ्नी पत्नी सीता दाहालले निकै शान्त मृत्यु रोजेको बताएका छन् ।

गत बुधबार ६९ वर्षको उमेरमा सीताको निधन भएको थियो । सीताको निधनको सातौँ दिनमा मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले पत्नी सीताले मृत्यु निकै शान्त रोजेको बताएका हुन् ।

सीताको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका उनले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको बताए ।

छोरी ज्ञानु र छोरा प्रकाश गुमाउँदा शरीरले साथ दिँदासम्म पीडा सामना गरेकी सीताको उपचारमा राज्यकोषबाट कुनै सुविधा नलिएको भन्दै प्रचण्डले उनको उपचारमा कुनै कमी हुन नदिएकाके र हुन सक्ने सबै उपचार पद्धति अपनाइएको बताए ।

श्रद्धाञ्जली सभामा मन्त्रिपरिषद्का सदस्य, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, संघीय संसदका सदस्य, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, आफन्त, शुभचिन्तकलगायतको सहभागिता थियो ।

 

 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १२ : ५७ बजे

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर

वर्षायाममा किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौँ । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना