६ पुस २०८२, आइतबार | December 21, 2025

श्रद्धाञ्जली सभामा भावुक हुँदै प्रचण्डले भने– सीताले मृत्यु निकै शान्त रोजिन्



काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकलमल दाहाल प्रचण्डले आफ्नी पत्नी सीता दाहालले निकै शान्त मृत्यु रोजेको बताएका छन् ।

गत बुधबार ६९ वर्षको उमेरमा सीताको निधन भएको थियो । सीताको निधनको सातौँ दिनमा मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले पत्नी सीताले मृत्यु निकै शान्त रोजेको बताएका हुन् ।

सीताको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका उनले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको बताए ।

छोरी ज्ञानु र छोरा प्रकाश गुमाउँदा शरीरले साथ दिँदासम्म पीडा सामना गरेकी सीताको उपचारमा राज्यकोषबाट कुनै सुविधा नलिएको भन्दै प्रचण्डले उनको उपचारमा कुनै कमी हुन नदिएकाके र हुन सक्ने सबै उपचार पद्धति अपनाइएको बताए ।

श्रद्धाञ्जली सभामा मन्त्रिपरिषद्का सदस्य, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, संघीय संसदका सदस्य, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, आफन्त, शुभचिन्तकलगायतको सहभागिता थियो ।

 

 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १२ : ५७ बजे

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा

मधेस प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै, दुई उम्मेदवार मैदानमा

काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार मतदान