१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

व्यवसायी दीपक मलहोत्राको स्पष्टिकरण – अवैध सुन आयातमा मेरो संलग्नता छैन



काठमाडौं । व्यवसायी दीपक मलहोत्राले बुधबार बरामद एक किलो सुन आयातमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेर ट्याक्सीमा राखेर लैजाने क्रममा अवैध करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन आयातमा नाम जोडिएपछि बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफ्नो संलग्नता नरहेको बताएका हुन् ।

उक्त सुन आयातमा आफ्नो व्यवसायिक प्रतिष्ठान वा व्यक्तिगत सम्बन्ध नरहेको बताउँदै उनले आफ्नो व्यवसायिक तथा व्यक्तिगत चरित्र हत्या गर्न खोजिएकाले कानुनी बाटोमा जाने बताए ।

किन र केका लागि आफ्नो नाम जोडेर समाचार आएको हो यसबारे थाहा हुन नसकेको भन्दै उनले आफूलाई समाचार बनाउने विषयमा सम्पर्क हुन नसकेको भन्ने कुरा गलत रहेको बताए ।

अवैध कारोबारीलाई जोगाउन आफ्नो नाम लिएर डाइभर्ट गरेको हुन सक्ने भन्दै व्यवसायी मलहोत्राले कुनै पनि अवैध कारोबारमा आफ्नो संलग्नता नरहेको दाबी गरे ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  १ : ५३ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै