१७ असार २०८३, बुधबार | July 1, 2026

रुपन्देहीमा विद्युत प्राधिकरण कर्मचारी युनियनको राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रातियोगिता सुरु



बुटवल । रुपन्देहीमा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, खेलकुद बिभागको आयोजनामा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रातियोगिता सुरु भएको छ । बिहीबारदेखि तिलोत्तमा ब्याडमिन्टन क्लबको कभर्डहलमा सुरु भएको प्रतियोगितामा देशभरबाट नेपाल विद्युत प्राधिकरणमा आवद्ध पुरुष तथा महिला कर्मचारीहरु सहभागी भएका छन् ।

प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव जय प्रकाश भट्टराईले खेलको माध्यमबाट आपसी सद्भावसँगै स्वस्थ जीवनमा सहयोग गर्ने उल्लेख गरे । स्वास्थ्यका लागि मात्रै नभई मुलुकको आर्थिक बिकासमा समेत खेलकुदको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथी राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले खेलको माध्यमबाट पूर्व–पश्चिममा रहेका सबै खेलप्रेमी कर्मचारीहरुलाई एकै ठाउँ जमघट गराउनु नै ठूलो उपलब्धि भएको उल्लेख गरे । जित र हारको भन्दा पनि आपसी सद्भाव र मिलनलाई माथि राखेर स्वस्थ प्रतिस्पर्धाका लागि खेलाडीहरुलाई शुभकामना व्यक्त गरे ।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ४ इभेन्टमा प्रतिस्पर्धा हुने युनियका केन्द्रीय उपाध्यक्ष तथा खेलकूद विभाग प्रमुख देवेन्द्रसिंह वैरागीले जानकारी दिए ।

आयोजकका अनुसार प्रतियोगिताका इभेन्टहरुमा मेन्स डवलका बिजयी खेलाडीलाई प्रथम पुरस्कार ४० हजार, दोस्रो हुनेलाई २० हजार र तृतीय पुरस्कार १० हजार नगद राशी रहेको छ । यस्तै वोमेन डवलतर्फ प्रथम पुरस्कार ३० हजार, दोस्रो हुनेलाई १५ हजार र तृतीयलाई ७ हजार ५ सय नगद पुरस्कार राखिएको उनले बताए ।

यस्तै अधिकृत स्तरको इभेन्टमा प्रथम पुरस्कार ३० हजार, द्धितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ७ हजार ५ सय रुपैयाँ रहेको छ । भेट्रान्स डवलतर्फ प्रथम पुरस्कार ३० हजार, द्धितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ७ हजार ५ सय राखिएको छ । विहिबार आयोजित उद्घाटन सत्रमा कार्यक्रम सञ्चलन गर्दै युनियनका महासचिव शिवराज भट्टराईले विधागत तर्फसमेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको जानकारी गराए ।

युनियन लुम्बिनी प्रदेशको संयोजनमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष टेकबहादुर बुढाले जानकारी दिए । प्रतियोगिताको समापन तथा पुरस्कार वितरणका दिन उर्जा मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिंसिङको आतिथ्यता रहने अध्यक्ष बुढाले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  १ : ५६ बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६