१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सुन जाँच पास गराउने विमानस्थल भन्सारका सबै कर्मचारीलाई कारवाही गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन



काठमाडौं । प्रधानमन्त्री कार्यालयले भन्सारबाट तस्करीको सुन पास गराउन संलग्न सबै कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले झण्डै १०० किलो सुन त्रिभुवन विमानस्थलको भन्सारबाट जाँच पास गराउन संलग्न सबैमाथि कारबाही गर्ने निर्देशन दिएको हो । प्रधानमन्त्रीको निर्देशन पछि भन्सार विभागले कर्मचारीहरुलाई कारवाहीको तयारी गरेको बताइएको छ ।

बुधबार विमानस्थल भन्सारबाट जाँच पास भएर विमानस्थलबाट बाहिर निस्के लगत्तै राजश्व अनुसन्धानको टोलीले एक अर्ब रुपैयाँ बराबरको करिब १ सय केजी सुन बरामद गरेको थियो ।

विभागका महानिर्देशक शोभाकान्त पौडेलले जाँचपासमा संलग्न सबैकमाथि कारबाहीको तयारी भइरहेको बताए । तत्काल निलम्बन गरेर उनीहरुमाथि छानबिन गरिने उनले जनाए । भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे छानबिन गर्न समिति बनाएको छ । भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन गरिएको विभागले जनाएको छ ।

पौडेलले त्यति ठूलो परिमाणमा तस्करीको सुन कसरी जाँचपास भयो भन्नेबारे अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ३ : ४१ बजे

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा