१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बेनी–जोमसोम सडकको रुप्से झरनामा बेलिब्रिज निर्माण, आजदेखि यातायात सञ्चालन



बेनी । राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनामा बेलिब्रिज निर्माण गरिएपछि आजदेखि नियमित यातायात सञ्चालन भएको छ ।

उक्त सडकखण्डको स्तरोन्नतिसँगै बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत ४८ मिटर लामो बेलिब्रिज आजदेखि नियमित पूर्णरूपमा सञ्चालन भएको हो । तीन वर्षअघि विसं २०७७ साउनमा रुप्से झरनामा आएको बाढीले अस्थायी पुल र निर्माणाधीन पक्की पुल एकसाथ बगाएको थियो । पुल बगाएपछि बर्खायाममा सवारीसाधन आवतजावत गर्न निकै समस्या हुने गरेको थियो ।

बेलिब्रिज निर्माणसहित दुई सय ५० मिटर सडक स्तरोन्नति गर्न बेनी–जोमसोम कोरला सडक आयोजनाले मुक्तिनाथ निर्माण सेवासँग एक वर्षमा निर्माण सक्ने गरी गत पुसमा रु तीन करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको थियो । ठेक्काको सम्झौता समय एक वर्षको भए पनि निर्माण कम्पनीले करिब ८० प्रतिशत काम छ महिनामै सम्पन्न गरेको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

बेलिब्रिज जडानको काम तीन महिनामा सम्पन्न भएको छ । पुल संरक्षणका लागि वारिपारि आवश्यक संरचना निर्माण गरिएकाले रुप्सेमा बाढी आए पनि पुल सुरक्षित हुने आयोजना प्रमुख प्रजापतिले बताए । उनले भने, “झरनाको वारिपारिको सडक फराकिलो बनाएर ढुङ्गाको सोलिङ गरिएको छ । अघिल्लो वर्षजस्तो सडक हिलो र माथिबाट ढुङ्गा र पहिरो खस्ने जोखिम कम भएको छ । अब रुप्से खण्डमा सडक सहज भएको छ ।”

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा काली गण्डकीमा पक्की पक्की पुल निर्माण भएसँगै उपयोगविहीन भएको ४८ मिटर लामो बेलिब्रिजलाई रुप्सेमा स्थानान्तरण गरिएको उनले बताए । पुलमाथि गाडी गुडाएर प्रेसर (चाप) नाप्ने कामसमेत भएकाले एकपटकमा १७ टनभन्दा माथिका मालवाहक सवारीलाई भने आउजाउमा रोक लगाइएको उनले बताए ।

बेलिब्रिज निर्माणका लागि दुवैतर्फ ग्यावियन पर्खाल र आरसिसी पर्खाल निर्माण गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । उनले भने, “बेलिब्रिज निर्माण सकिएको छ । बर्खायाममा रुप्सेमा बाढी आउँदा सवारीसाधन आवतजावतमा समस्या हुने गरेको थियो । बेलिब्रिज निर्माण भएसँगै यो समस्या हटेको छ । यातायातका साधनलाई सहज हुने भएको छ ।”

पक्की पुल निर्माणको क्रममा रहेको रुप्सेमा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेपछि बेलिब्रिज बनाइएको थियो । गत आवमा म्याग्दीको सदरमुकाम बेनीबाट पर्वतको जलजला गाउँपालिका–२ र ३ नं वडा बगरफाँटको बस्तीलाई जोड्ने र अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङखोलामा बेलिब्रिज जडान गरिएको थियो ।

लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भू–बनावट, कालीगण्डकी नदीको कटानले छियाछिया पारेको सडकमा माथिबाट ढुङ्गा खस्ने भएकाले साउन, भदौ र असोज महिनामा यात्रु र पैदलयात्रीलाई निकै सास्ती हुने गरेको छ ।

विभिन्न ठाउँमा नदी कटान र पहिराले क्षति पुगेपछि स्थानीयवासी तथा पर्यटकले ज्यानै जोखिममा पारेर यात्रा गर्नुपरेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत विष्फोटक पदार्थको प्रयोगका कारण पहिराको जोखिम अत्यधिक रहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  १० : ४१ बजे

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता

सामाजिक र धार्मिक सद्भाव जोगाउन पूर्वराजा ज्ञानेन्द्रको अपिल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा