३ पुस २०८२, बिहिबार | December 18, 2025

गोली हानेर एक युवकको हत्या



इनरुवा । सुनसरीको इहटरी-२० स्थित कोसी राजमार्गमा पर्ने चारकोसे जङ्गलको सेउती पुलमा शुक्रबार गोली हानेर एक युवकको हत्या गरिएको छ । हत्या हुनेमा विराटनगरका २८ वर्षीय रोहित चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको र केही समय जङ्गलको छेउमा बसिरहेका युवा-युवतीमध्ये युवकलाई गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । सेउती पुलको बीचबाट जङ्गलपट्टी मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीनजनाको समूहमा आएका युवामध्ये एक जनाले रोहितलाई गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

गोली लागेर गम्भीर घाइते भएका रोहितको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रोहितसँगै रहेकी विराटनगरकै सुमना खत्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रोहित र सुमना प्रेमीप्रेमिका भएको बताइएको छ । धनकुटामा घुमेर घर फर्कँदै गर्दा थकाइ लागेर सेउती पुलमा मोटरसाइकल रोकेर उनीहरू बसेका थिए । गोली लागेर गम्भीर घाइते भएपछि रोहितलाई सुमनाले नै एम्बुलेन्समा राखेर हस्पिटलसम्म ल्याएकी थिइन् ।

घटनामा संलग्नको खोजी भइरहेको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : ५५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका