१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

एभरेष्टमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण



बुटवल । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको छ ।

विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा साढे चार सयबढी विद्यार्थीलाई स्वागत गर्नुका साथै आगामी उच्च शैक्षिक गणस्तरियता र जीवन उपयोगिसीपका बारेमा अभिमुखिकरण गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परिक्षा वोर्ड लुम्बिनी प्रदेश कार्यालयका प्रमुख रमाकान्त तिवारीले उच्च शिक्षाका लागि अग्रसर कक्षा ११ का विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिदै विद्यार्थीको यो समय जिज्ञासु र जुजारु समय भएकाले असल कृयाकलाप सिकाइमा ध्यान दिन जरुरी रहेको बताए । उनले असल आचरण, असल सिकाई र लगनशिलताका लागि अभिमुखिकरण कार्यक्रम विद्यार्थीका लागि औपचारिक शिक्षा जस्तै आवश्यक भएको बताए ।

विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक महासंघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, महासंघका पुर्व अध्यक्ष मोहन चापागाई, विद्यालय संचालक समिति सदस्य धर्मेन्द्रनाथ भट्टराई, अभिभावक चोपकान्त न्यौपाने, विद्यार्थीहरु दिपेन पौडेल, अदिती अधिकारी, करण भुसाल, ओजश्वी न्यौपाने, डेविड खनाल लगायतले शैक्षिक सफलताका लागि लगन, आचरण र ब्यवहारलाई सकारात्मक बनाउनु पर्ने बताए ।

विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले असल, शिक्षा, पारिवारिक घुलनमिलन र संस्कार सहितको शिक्षाका बारेमा विद्यार्थीहरुलाई सहजिकरण गरेको कार्यक्रममा सहप्राचार्य भिमसेन गौतमले विद्यार्थीलाई शैक्षिक नीतिगत विषयका बारेमा आफ्ना भनाई राखेका थिए ।

प्रज्ञा म्यानेजमेन्ट ग्रुप काठमाडौंका प्रवन्ध निर्देशक सहदेव महतले जीवनउपयोगी सीप र उच्च शिक्षामा विद्यार्थीले ध्यान दिनु पर्ने कुराका बारेमा विज्ञान र ब्यवस्थापन विषयका ४५० विद्यार्थीलाई सहजिकरण गरेका थिए । कार्यक्रमको संचालन शिक्षक माधव पौडेलले गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ६ : ३६ बजे

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा