२४ बैशाख २०८१, सोमबार | May 7, 2024

सहकारीको ऋण नतिरे खजुरा गाँउपालिकाले सेवा सुबिधा रोक्का गर्ने



खजुरा । खजुरा गाँउपालिकाले पालिकामा रहेका सहकारी संस्थाबाट लिएको ऋण र त्यसको ब्याज नतिर्ने नागरिकलाई पालिकाले दिने सेवा बन्द गर्ने चेतावनी दिएको छ । गाँउपालिकाले एक सूचना जारी गर्दै सहकारीको ऋण नतिरे सेवा रोक्का गरि कारवाही गर्ने चेतावनी दिएको हो ।

गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत अर्जुन सुबेदीले हस्ताक्षर गरेको सूचनामा समयमा ऋण नतिरी वा तिर्न अटेर गरि सम्पर्कमा नजाने ह्णीहरुको नाम सम्बन्धित सहकारीबाट सार्वजनिक हुने र पालिकाले प्रदान गर्ने सेवा सुबिधाबाट बन्चित गरि प्रचलित कानुन बमोजिम कारवाही गरिने उल्लेख छ ।

बैंक तथा बित्तिय संस्थाहरुकै शैलीमा पालिका सरकारबाट सूचना जारी भएपछि त्यसको सामाजिक सञ्जालमा आलोचना भएको छ । सञ्जाल प्रयोग कर्ताहरुले नागरिकको पैसा हिनामिना गरेर फरार भएका सहकारीको भुक्तानी पनि पालिकाले गरिदिनु पर्ने टिप्पणी गरेका छन् । उनीहरुले सहकारीको ऋण उठाउने ठेक्का पालिका सरकारले लिएको बताउँदै सहकारीको चर्को ब्याज, ब्याजमाथिको ब्याजको जिम्मा लिन पालिकालाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : ५० बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,