८ माघ २०८२, बिहिबार | January 23, 2026

कम्बोडियामा सीपीसीको एकल बहुमत, हुन सेनका छोरा प्रधानमन्त्री बन्दै



काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन सेनको कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले राष्ट्रिय चुनावमा ठूलो जित हासिल गरेको दाबी गरेको छ ।

तर, आलोचकहरूले कम्बोडियाको यस चुनावलाई दशकहरूमा सबैभन्दा कम स्वतन्त्र र निष्पक्ष भएको बताएका छन । प्रतिपक्षीको अनुपस्थितिमा भएको  यो निर्वाचनले मुलुकको लोकतन्त्रको खिल्ली उडाएको उनीहरुको भनाई छ ।

आइतबार चुनाव सकिएको केही घण्टापछि सीपीपीका प्रवक्ता सोक आइसनले भने, ‘हामीले शानदार जित हासिल गरेका छौँ तर अहिलेसम्म जितेको सिटको संख्याको स्पष्ट आंकडा छैन ।’ यस अघि हुन सेनले आइतबार ८४ प्रतिशत मतदान भएको बताएका थिए । उनले सिट संख्याको बारेमा अहिलेसम्म कुनै जानकारी नभएको तर सत्तारुढ कम्बोडियन पिपुल्स पार्टीले ठूलो जित हासिल गरेको भने भन्न सक्ने बताएका छन् ।

एसियाकै सबैभन्दा लामो समय सेवा गर्ने ७० वर्षीय हुन सेनले पछिल्लो ३८ वर्षमा आफ्नो पार्टीको शक्ति लगातार बढाउँदै आएका छन् तर उनले यस पटकको चुनाव जितेर जेठा छोरा हुन मानेटलाई प्रधानमन्त्रीको जिम्मेवारी दिने घोषणा गरेका छन् ।

उनका छोरा ४० वर्षीय हुन मानेट वेस्ट प्वाइन्टको युएस मिलिटरी एकेडेमीबाट स्नातक, न्यूयोर्क विश्वविद्यालयबाट स्नातकोत्तर र बेलायतको ब्रिस्टल विश्वविद्यालयबाट पीएचडी गरेका हुन् । उनी हाल कम्बोडियाको सेना प्रमुख छन् ।

विपक्षी र मानव अधिकार समूहहरूले चुनावको विश्वसनीय प्रतिस्पर्धाको अभाव र हुन सेनको बलियो रणनीतिको लागि आलोचना गरेका छन् । हुन सेनले कम्बोडियामा आफ्नो शासनको विरुद्धमा भएका सबै विरोध प्रदर्शनलाई दबाएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : ५१ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा