९ बैशाख २०८३, बुधबार | April 22, 2026

युक्रेनले ५० प्रतिशत भुभाग फिर्ता ल्याएको अमेरिकन बिदेश मन्त्रीको दाबी



वासिंग्टन डिसी । रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनको काउन्टर अपरेसन असफल भएको दाबी गरिरहेका छन् । तर, यसैबीचमा अमेरिकाले भने युक्रेनले आफ्नो ५० प्रतिशत भूभाग रुसी कब्जाबाट मुक्त गरेको दाबी गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनले आफुले गुमाएको ५० प्रतिशत भाग फिर्ता लिन सफल भएको दाबी गरेका छन । सीएनएनसँगको अन्तर्वार्तामा ब्लिन्केनले युक्रेनले निकै कठिन युद्ध लडेको पनि बताएका छन ।

युक्रेनले रुसबाट आफ्नो भूभाग मुक्त गराउनका लागि गरेको प्रतिआक्रमण अझै प्रारम्भिक चरणमा छ । ब्लिन्केनले युक्रेनी आक्रमण एक वा दुई हप्तामा अन्त्य नहुने बताएका छन । उनका अनुसार यो प्रति आक्रामण धेरै महिनासम्म जारी रहनेछन्।

उता, योसँगै युक्रेनले अर्को वर्ष नाटोको सदस्यता पाउने आशा गरेको छ ।

युक्रेनका विदेशमन्त्री ओलेस्की रेज्निकोभले आउँदो वर्ष हुने नेटो शिखर सम्मेलनमा यो संगठनको सदस्य बन्न सक्ने बताएका छन् । अर्को वर्ष वासिङ्टनमा हुने शिखर सम्मेलन हुदैँछ, संगठनले ७५ वर्ष पूरा गरेको उपलक्ष्यमा हुने सो सम्मेलन बिशेष मानिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ११ : ०६ बजे

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका

संघीय संसदको वर्षे अधिवेशन वैशाख १७ गते आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र