६ पुस २०८२, आइतबार | December 21, 2025

युक्रेनले ५० प्रतिशत भुभाग फिर्ता ल्याएको अमेरिकन बिदेश मन्त्रीको दाबी



वासिंग्टन डिसी । रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनको काउन्टर अपरेसन असफल भएको दाबी गरिरहेका छन् । तर, यसैबीचमा अमेरिकाले भने युक्रेनले आफ्नो ५० प्रतिशत भूभाग रुसी कब्जाबाट मुक्त गरेको दाबी गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनले आफुले गुमाएको ५० प्रतिशत भाग फिर्ता लिन सफल भएको दाबी गरेका छन । सीएनएनसँगको अन्तर्वार्तामा ब्लिन्केनले युक्रेनले निकै कठिन युद्ध लडेको पनि बताएका छन ।

युक्रेनले रुसबाट आफ्नो भूभाग मुक्त गराउनका लागि गरेको प्रतिआक्रमण अझै प्रारम्भिक चरणमा छ । ब्लिन्केनले युक्रेनी आक्रमण एक वा दुई हप्तामा अन्त्य नहुने बताएका छन । उनका अनुसार यो प्रति आक्रामण धेरै महिनासम्म जारी रहनेछन्।

उता, योसँगै युक्रेनले अर्को वर्ष नाटोको सदस्यता पाउने आशा गरेको छ ।

युक्रेनका विदेशमन्त्री ओलेस्की रेज्निकोभले आउँदो वर्ष हुने नेटो शिखर सम्मेलनमा यो संगठनको सदस्य बन्न सक्ने बताएका छन् । अर्को वर्ष वासिङ्टनमा हुने शिखर सम्मेलन हुदैँछ, संगठनले ७५ वर्ष पूरा गरेको उपलक्ष्यमा हुने सो सम्मेलन बिशेष मानिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ११ : ०६ बजे

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल