१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

तिनाउ नदीमा आयो बाढी, जलसतह खतरा तह भन्दा निकै माथि, दिउँसो १२ बजेसम्म सतर्क रहन आग्रह



बुटवल । रुपन्देहीसहीत लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ ।

रुपन्देही, पाल्पा, नवलपरासी, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ नदी र पश्चिम राप्ती नदीमा बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान ६:१५ बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटवलमा जलसतह खतरा तह भन्दा निकै माथि पुगेको र बढ्दो रहेको छ ।

तिनाउको बाढी बढ्दो क्रममा छ । त्यसैले बाढीको उच्च जोखिम, तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजे सम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ ।

यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको भरतपुर एयरपोर्ट र दाङको बबई नदी बेसिनको सुखबारे भन्ने स्थानमा पनि अत्यधिक वर्षा मापन भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : १२ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका-४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल

‘चिनियाँ राष्ट्रको महान् पुनर्जागरण रोक्न कसैले सक्दैन’ : सी चिनफिङ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय पुनर्जागरणको महान् लक्ष्य

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९

बाढीपहिरोले क्षति पु-याएको बेनी-जोमसोम सडक मर्मत सुरु

म्याग्दी । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको