३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

उर्लियो तिनाउ, ३ जनाको उद्दार, २ वटा पुल कटानको जोखिममा (फोटोफिचर)



बुटवल । बुटवल, पाल्पा र त्यस आसपास परेको लगातारको वर्षाका कारण तिनाउमा मध्यरातीबाटै ठुलो बाढी आएको छ । सोमबार रातिबाट परेको लगातारको भारी वर्षाका कारण तिनाउ नदीको जल सतहले खतराको तह पार गरेको छ ।

मौसम विज्ञान विभागले दिउँसो १२ बजेसम्म नदी अझै बढ्न सक्ने आँकलन गर्दै नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । नदीमा आएको बाढीले तिनाउ तटीय क्षेत्र कटान समेत गरेको छ ।

पुरानो बुटवलको गणशमन्दिर नजिकको तिनाउ पुल र देबिनगर पक्की पुलमा तिनाउ उर्लेर करिब करिब पुलको माथिल्लो भागमा बाढीले छुन खोजेको छ भने योगीकुटीस्थित मगरघाट पुलको उत्तरतर्फको क्षेत्रमा समेत कटान गरेको छ । कटानको अवलोकन गर्न तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण कटान क्षेत्रमा पुगेका छन् ।

यसैबीच बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ ।

बुटवल मजुवास्थित तिनाउ नदिको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एकजना पुरूषलाई नगर प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको छ । बुटवल-१४ कैलाशनगरका जनक घर्तीलाई पनि स्थानीयले उद्वार गरेका छन् ।

यता बुटवल उपमहानगरले नदीकिनारमा विपदको टोली र नगरप्रहरी खटाएर सावधानी अपनाईएको जनाएको छ । नदि किनार क्षेत्रमा नगरप्रहरीले माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले बताए।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १० : १२ बजे

छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ : मुख्यमन्त्री महरा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख

पोखराबाट गुल्मीको तम्घास जादैँ गरेको बस रिडीमा दुर्घटना

बुटवल । पोखराबाट गुल्मीको सदरमुकाम तम्घास जादैँ गरेको बस रिडीमा

बुटवलका चोक चोकमा लुटपाट र चोरी गर्ने गिरोहका २ जना पक्राउ

बुटवल । बुटवल र त्यस आसपासमा चोक र गल्लीहरुमा लुटपाट

एमाले बाँके अधिवेशनको तयारी पुरा, अध्यक्षमा ४ जना आकाँक्षी

नेपालगन्ज । नेकपा (एमाले)को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको