९ चैत्र २०८२, सोमबार | March 23, 2026

सिद्धबाबा नजिकै हेडबक्समा पहिरो जाँदा बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको दोभान प्रहरी चौकीका सइ कमल थापाले जानकारी दिए ।

“पहिरो आज बिहान ५ बजे खसेको हो । अहिले पनि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । दुइवटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ”- थापाले भने

पहिरो ठूलो खसेको हुँदा कतिबेला सुचारु हुन्छ भन्ने यकिन नभएको थापाले बताए । माथिबाट ठुलो ढुंगासहित अझै पहिरो खस्ने खतरा रहेको छ । राजमार्ग अवरुद्ध भएपछि सयौंको संख्यामा सवारी साधन बीच बाटोमा रोकिएका छन् । कयौं यात्रु गन्तव्यमा पुग्न नसकेर बीच बाटोमै अलपत्र परेका छन् ।

तस्वीर : तोया लम्साल

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : २४ बजे

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते