१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : आकांक्षीले गरिदिए दोब्बर सदस्यता नविकरण, झन्डै ५ हजार मतदाता



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको निर्वाचन हुने भएपछि सदस्यताको संख्या झण्डै दोब्बर थपिएको छ । आफ्नो पक्षमा मत परिणाम ल्याउने उद्देश्यले अआकांक्षीहरुले वर्षौदेखि नविकरण नगरि बसेका संघका सदस्यहरुको सदस्यता नविकरण गरिदिएसँगै सदस्यको संख्या दोब्बर बढेको हो ।

भाद्र २ गतेका लागि हुने निर्वाचनका लागि आ आफ्नो पक्षका सदस्यहरुको सदस्यता उम्मेदवारका आकांक्षीहरुले आफैले लगानी गरिदिएर नविकरण गरिदिएको बताइएको छ । फर्जि मतदाता समेत तयार गरिएको भन्दै विरोध आएपछि संघले छानबिन समिति नै बनाएर सदस्यता नविकरणको जाँच गरेको थियो । यसरी जाँच गर्दा ६३ जनाको आवश्यक कागजात नपुगेको भन्दै नविकरण खाारेज गरिएको संघले जनाएको छ ।

संघको पछिल्लो तथ्यांक अनुसार आगामी निर्वाचनका लागि संघको कुल मतदाता ४ हजार ९३१ पुगेका छन् । जस अन्तर्गत ४ हजार ७२० साधारण र १८२ जना एसोसिएट सदस्य कायम भएको संघका महासचिव चिरन्जिवी ओलीले बताए । सदस्यता विवादका कारण साउन २० का लागि तय भएको निर्वाचन भदौं २ गतेका सारिएको थियो ।

निर्वाचनका लागि राजनीतिक विचारका आधारमा गठबन्धन निर्माण गरिएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका ललित रौनियारको टिमलाई एक्लाउँदै माओवादी, एमाले सहित ६ वटा दल सम्बद्ध उम्मेदवारहरुले मोर्चाबन्दी गरेका छन् । समावेशी समुह नाम दिइएको समुहबाट टंक धामीको नेतृत्वमा टिम तयार गरिएको छ । ६ दलको मोर्चा बनेपछि कांग्रेस निकट समुहमा उम्मेदवारको खडेरी लागेको बताइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : ३२ बजे

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा