२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : आकांक्षीले गरिदिए दोब्बर सदस्यता नविकरण, झन्डै ५ हजार मतदाता



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको निर्वाचन हुने भएपछि सदस्यताको संख्या झण्डै दोब्बर थपिएको छ । आफ्नो पक्षमा मत परिणाम ल्याउने उद्देश्यले अआकांक्षीहरुले वर्षौदेखि नविकरण नगरि बसेका संघका सदस्यहरुको सदस्यता नविकरण गरिदिएसँगै सदस्यको संख्या दोब्बर बढेको हो ।

भाद्र २ गतेका लागि हुने निर्वाचनका लागि आ आफ्नो पक्षका सदस्यहरुको सदस्यता उम्मेदवारका आकांक्षीहरुले आफैले लगानी गरिदिएर नविकरण गरिदिएको बताइएको छ । फर्जि मतदाता समेत तयार गरिएको भन्दै विरोध आएपछि संघले छानबिन समिति नै बनाएर सदस्यता नविकरणको जाँच गरेको थियो । यसरी जाँच गर्दा ६३ जनाको आवश्यक कागजात नपुगेको भन्दै नविकरण खाारेज गरिएको संघले जनाएको छ ।

संघको पछिल्लो तथ्यांक अनुसार आगामी निर्वाचनका लागि संघको कुल मतदाता ४ हजार ९३१ पुगेका छन् । जस अन्तर्गत ४ हजार ७२० साधारण र १८२ जना एसोसिएट सदस्य कायम भएको संघका महासचिव चिरन्जिवी ओलीले बताए । सदस्यता विवादका कारण साउन २० का लागि तय भएको निर्वाचन भदौं २ गतेका सारिएको थियो ।

निर्वाचनका लागि राजनीतिक विचारका आधारमा गठबन्धन निर्माण गरिएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका ललित रौनियारको टिमलाई एक्लाउँदै माओवादी, एमाले सहित ६ वटा दल सम्बद्ध उम्मेदवारहरुले मोर्चाबन्दी गरेका छन् । समावेशी समुह नाम दिइएको समुहबाट टंक धामीको नेतृत्वमा टिम तयार गरिएको छ । ६ दलको मोर्चा बनेपछि कांग्रेस निकट समुहमा उम्मेदवारको खडेरी लागेको बताइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : ३२ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात