१८ भदौ २०८३, बिहिबार | September 3, 2026

मधेस प्रदेश सरकारका दुईमन्त्रीद्वारा राजीनामा



धनुषा । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन । उनीहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए ।

जनमत पार्टीका नेता विपी साहका अनुसार दुवै मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाएका हुन । यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गत जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एकीकृत समाजवादी)का गोविन्द न्यौपानेलाई दिएका थिए । त्यसयता कुशवाहा विना विभागीय मन्त्रीको हैसियतमा थिए ।

नेता साहका अनुसार उनीहरुको स्थानमा नयाँ दुई जनालाई मन्त्री सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ । “कुशवाहको ठाउँमा जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंह र यादवको स्थानमा सांसद रञ्जु खंगलाई सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ”, साहले भने ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १ : ४१ बजे

प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो

कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा

महेन्द्रनगर । कञ्चनपुरका सात पालिकामा आज सार्वजनिक बिदा दिइएको छ

अवस्था असहज : खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई

एसीसी प्रिमियर कपमा आज नेपालले मलेसियासँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज

कांकडभिट्टामा गोप्रो क्यामेरा जडान

झापा । नेपालको पूर्वी नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो