१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कोशीका मुख्यमन्त्रीको सपथ आज, सानो आकारको मन्त्रीपरिषद विस्तार हुने



विराटनगर । कोशी प्रदेश सरकारका लागि दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ लिँदै छन् ।

सर्वोच्च अदालतले यसअघि भएको नियुक्ती बर्खास्त गरे पछि पुनः हिजो मुख्यमन्त्रीमा नियुक्त भएको थापाको शपथ ग्रहण आज हुन लागेको हो । प्रदेश प्रमुख कार्यालयका अनुसार आज बिहान बिहान साढे १० बजे सो सपथग्रहण हुनेछ ।

सभामुख बाबुराम गौतमलाइ राजिनामा गर्न लगाएर सतारूढ गठबन्धनले हिजो ४७ सदस्यको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । लगत्तै बहुमत सदस्य पुर्याएर पुनः नियुक्ती भएका मुख्यमन्त्री थापाले सपथ ग्रहणसँगै आजै सानो आकारको मन्त्रिपरिषद विस्तारको तयारी गरेको बुझिएको छ ।

गत असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका थापालाई नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै साउन ११ गते सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : ५० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले