२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु



टोकियो । यतितिबेला विश्वका अधिकांश देशले मौसमको सामना गरिरहेका छन् । कतिपय ठाउँमा भारी वर्षाले विपद्को कारण बनेको छ भने कतिपय ठाउँमा अत्यधिक गर्मीका कारण मानिसको ज्यान गएको छ ।

यस सन्दर्भमा दक्षिण कोरिया र जापान चर्को गर्मीको लहरको चपेटामा परेका छन्। दक्षिण कोरियामा गर्मीका कारण १२ जनाको ज्यान गएको छ भने जापानमा विद्यालयबाट फर्कने क्रममा १३ वर्षीया बालिकाको गर्मीमा मृत्यु भएको छ ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले यो साता चर्को गर्मीका कारण ज्यान गुमाउनेमा ७० वर्षभन्दा माथिका पाँच जना किसान रहेको जनाएको छ । यसअघि गर्मीका कारण सात जनाको मृत्यु भइसकेको छ । पछिल्लो अवस्थालाई ध्यानमा राख्दै मंगलबार देशका अधिकांश भागमा गर्मीको लहरको चेतावनी जारी गरिएको थियो । समाचार अनुसार जुलाई महिनामा तापक्रम ४० डिग्री पुगेपछि मानिसहरु निकै चिन्तित भएका थिए ।

यस्तै मौसम जापानमा पनि छ । जसका कारण शुक्रबार १३ वर्षीया बालिकाको मृत्यु भएको थियो । मैनीचीको रिपोर्टका अनुसार उनी साइकलमा स्कूलबाट घर जाँदै थिइन्। त्यसपछि उनी बेहोस भइन् र फुटपाथमा लडेकी थिइन् । हतारमा उनलाई अस्पताल लगियो, जहाँ उनको मृत्यु भयो। बालिकाको मृत्युपछि अधिकारीहरूले उनको मृत्यु हीटस्ट्रोकका कारण भएको दाबी गरेका थिए ।

योसँगै टोकियोमा एक वृद्ध दम्पती आफ्नै घरमा मृत फेला परेपछि शुक्रबारदेखि मृत्यु हुनेको संख्या तीन पुगेको छ । सहरको तापक्रम ३५ दशमलव ७ डिग्री पुगेका र वातानुकूलित नभएकाले उनको मृत्यु हीटस्ट्रोकबाट भएको प्रहरीले अनुमान गरेको छ । उल्लेखनीय कुरा के छ भने जापान सरकारले सन् २०३० सम्ममा गर्मीका कारण मृत्यु हुनेको संख्या आधा गर्ने लक्ष्य राखेको छ ।

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : ४९ बजे

पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन : उपप्रधानमन्त्री  यादव

भक्तपुर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता

कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं

रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण

लुम्बिनी । ‘कुस्ती’को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र