२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा



नियामे । सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनलरलले राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका छन् ।

अल्जेरिया, बुर्किना फासो, लिबिया, माली र चाडसँगको भूमि र हवाई सिमाना पुनः खोलिएको ती सैनिक अधिकारीले घोषणा गरेका हुन् । गत बुधबार नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरी देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमान टियानीले गरेका थिए ।

जनरल टियानीले जहादीहरूद्वारा लामो समयदेखि चलिरहेको विद्रोह अन्त्य गर्न असफल भएको, भ्रष्टाचार र आर्थिक समस्या बढेका तथा सुरक्षा व्यवस्थामा भएको ह्रासलाई सम्बोधन गर्न सत्ता हातमा लिएको बताएका छन् ।

यसैबीच, लामो समयसम्म नाइजरलाई आफ्नो उपनिवेश बनाएको फ्रान्सले सैन्य विप्लव प्रभावित नाइजरबाट दुई सय ६२ जनालाई पेरिस पु¥याएको छ । नाइजरमा आफ्ना नागरिक असुरक्षित हुने भन्दै फ्रान्सले त्यहाँबाट उनीहरूलाई स्वदेश पु¥याएको हो । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले एक दर्जन बालबालिकासहित दुई सय ६२ जनालाई नाइजरबाट ल्याइएको बताएका छन ।

पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदाय, अफ्रिकी सङ्घ, युरोपेली सङ्घ, संयुक्त राष्ट्रसङ्घ, अमेरिका, जर्मनी, फ्रान्सलगायत अन्तरराष्ट्रिय समुदायले सैन्य विप्लवको विरोध गर्दै वैधानिक राष्ट्रपति मोहम्मद बाजुमलाई पुनःस्थापना गर्न माग गरेको छ । साथै उनीहरूले बाजुम र उहाँका परिवारको सुरक्षाको माग गर्दै अविलम्ब रिहाइको माग गरेका छन् ।

आर्थिक समुदाय र अन्तर्राष्ट्रिय जगत्ले लोकतन्त्रको रक्षा गर्न तथा यस क्षेत्रमा लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन हरसम्भव प्रयास गर्ने नाइजेरियाका राष्ट्रपति एवम् पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदायका अध्यक्ष बोला टिनुबुले एक विज्ञप्ति निकालेर बताएका छन ।

भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै निर्धनतम राष्ट्रमध्येको एक हो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि चारपटक यस्ता विद्रोह भइसकेका छन् । राष्ट्रपति बाजुमविरुद्ध पनि दुई पटक विद्रोह भएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १२ : २७ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले