४ पुस २०८२, शुक्रबार | December 20, 2025

केन्द्रीय समिति बैठकमा प्रचण्डको सम्बोधन – सरकारको कामले जनतामा आशा पलाएको छ

'पार्टी पार्टी जस्तो भएन'



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरुभएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बैठकको अध्यक्षता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।

बैठकको अध्यक्षता गर्दै प्रचण्डले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा पार्टी नेतृत्वको सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘सरकारकाले गरेको काम कारबाहीका कारण जनतामा आशाको सञ्चार भएको छ । ’

प्रचण्डले पार्टीलाई स्थापित गराउन सबै नेता कार्यकर्ताको उत्तिकै भूमिका हुने उल्लेख गरे । उनले केन्द्रीय समिति बैठकले पार्टी सुदृढिकरणमा विशेष कार्ययोजना बनाउने विश्वास व्यक्त गरे ।

अहिले पार्टी पार्टी जस्तो नभएको स्वीकार गर्दै प्रचण्डले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेकाले कमीकमजोरी स्वीकार्न डराउन नहुने बताए ।

जनताको पक्षमा काम गरिरहेको गठबन्धन सरकारलाई अझै अझ प्रभावकारी बनाउन सुरु भएको केन्द्रीय समिति बैठकले भूमिमका खेल्ने विश्वास लिएको उनको भनाइ छ ।

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेका छन् ।

केन्द्रीय समिति बैठक पाँच दिनसम्म चल्ने बताइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको