५ चैत्र २०८२, बिहिबार | March 19, 2026

केन्द्रीय समिति बैठकमा प्रचण्डको सम्बोधन – सरकारको कामले जनतामा आशा पलाएको छ

'पार्टी पार्टी जस्तो भएन'



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरुभएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बैठकको अध्यक्षता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।

बैठकको अध्यक्षता गर्दै प्रचण्डले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा पार्टी नेतृत्वको सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘सरकारकाले गरेको काम कारबाहीका कारण जनतामा आशाको सञ्चार भएको छ । ’

प्रचण्डले पार्टीलाई स्थापित गराउन सबै नेता कार्यकर्ताको उत्तिकै भूमिका हुने उल्लेख गरे । उनले केन्द्रीय समिति बैठकले पार्टी सुदृढिकरणमा विशेष कार्ययोजना बनाउने विश्वास व्यक्त गरे ।

अहिले पार्टी पार्टी जस्तो नभएको स्वीकार गर्दै प्रचण्डले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेकाले कमीकमजोरी स्वीकार्न डराउन नहुने बताए ।

जनताको पक्षमा काम गरिरहेको गठबन्धन सरकारलाई अझै अझ प्रभावकारी बनाउन सुरु भएको केन्द्रीय समिति बैठकले भूमिमका खेल्ने विश्वास लिएको उनको भनाइ छ ।

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेका छन् ।

केन्द्रीय समिति बैठक पाँच दिनसम्म चल्ने बताइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १ : ३९ बजे

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८