९ श्रावण २०८३, शनिबार | July 25, 2026

कमल थापाले राजेन्द्र लिङ्देनलाई भने- सत्ताको फोहाेरी खेलमा नलाग्नुस्, सडकमा आउनोस्, सँगै आन्दोलन गरौँ



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम लिँदै सत्ताको फोहोरी खेलमा नलागी आन्दोलनको लागि सडकमा आउन आग्रह गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले  पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शनअनुसार सत्ता केन्द्रित नभई विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने स्पष्ट पारे ।

थापाले भने, ‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाको लागि जनआन्दोलनको विकल्प छैन । राप्रपाले सडकमा आउने हिम्मत गरोस् ।  हामी सँगै आन्दोलनमा जान तयार छौँ । नेतृत्व समस्याको विषय हुँदैन ।’

थापाले केशरबहादुर बिष्ट ,दुर्गा प्रसाईं , किशोरी महतो लगायत विभिन्न समुहमा रहेका शक्तिहरुलाई पनि एकताबद्ध भएर  आन्दोलनको आधिबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे । ‘अहिले हामीलाई आन्दोलन चाहिएको छ, निकास चाहिएको छ, विकास चाहिएको छ, भ्रष्टाचारको अन्त्य हाम्रो चाहना हो,’ भदै थापाले भने, ‘ अहिले हामी सबै यो आन्दोलनको सिपाहीको रुपमा रहने र  पद प्रतिष्ठा गौण विषय हो ।’

 

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ५ : १६ बजे

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को