१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

माओवादी बैठकमा पहिलो दिन १८ जनाले राखे धारणा



काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको पहिलो दिन आज १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। प्रज्ञाभवन कमलादीमा सुरु बैठकमा बोल्ने अधिकांस सदस्यले पार्टीलाई जिवन्तता दिन संगठन सुदृढीकरण गर्नुपर्ने धारणा राखेका थिए।

केहि सदस्यले नेतृत्व चयनमा भएको एकाधिकारका विषयमा पनि प्रश्न उठाएको एक नेताले बताएका छन्। आठौं महाधिवेशनबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूखुशी पदाधिकारी चयन गरेकोमा सदस्यले असन्तुष्टि जनाएका छन्।

उनीहरूले पार्टीलाई सही ढंगले चलाउने हो भने सबैले नेतृत्वले चुनावको सामना गर्न तयार हुनुपर्ने सुझाव दिएका थिए। बैठकलाई प्रत्यक्ष प्रशारण गर्ने भनियता पनि अन्तिममा आएर नगर्ने माओवादी स्थायी समितिले निर्णय गरेको थियो । सदस्यहरूले निर्धक्क र निर्भयका साथ आफ्ना धारणा राख्न सहज हुने भएकाले पनि बैठक लाइभ नगरिएको माओवादीको भनाई छ ।

यसअघि अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमा जनतासँग जोडिन तीन महिने अभियान संचालन गर्ने, आगामी मंसिरमा पार्टीको विधान सम्मेलन गर्ने लगायत प्रस्ताव गरिएको छ । आजबाट सुरु भएको माओवादीको बैठक ५ दिनसम्म चल्ने बताइएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : ११ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन