३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

भेरी अस्पताल नेपालगन्जको प्रमुखमा डा. पवन जंग रायमाझी



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा सरकारले नयाँ प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पठाएको छ । साउन १७ गतेको मन्त्रीपरिषद बैठकले भेरी अस्पतालका लागि नयाँ मेसु पठाएको हो ।

भेरी अस्पतालको मेसुमा कार्यरत डा बद्री चापागाईलाई हटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत डा. पवन जंग रायमाझीलाई नयाँ मेसुकारुपमा पठाइएको छ । उनी यसअघि परोकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका निर्देशकको जिम्मेवारी पुरा गरि स्वास्थ्य तथा जनसंख्या मनत्रालयमा तानिएका थिए । एघारौं तहका डा. रायमाझी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

डा. चापागाईंले भेरी अस्पतालमा अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरि अहिले सम्म मेसुको जिम्मेवारीमा रहेका थिए । डा. चापागाईले जाँदाजाँदै मेसुकारुपमा काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नयाँ आएका मेसुलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ११ : १८ बजे

विपक्षीको नारावाजीका बीच सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्

ओलीमाथि देउवाको आरोप – ‘आफुले गिरीबन्धु टी-स्टेटको जग्गा वेच्ने, कांग्रेसलाई दोष लगाउने!’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा

संसद बैठक अपरान्ह ४ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ

मदन र आश्रितप्रति एमाले नेताहरुको श्रद्धाञ्जलि

काठमाडौं । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी

गृहमन्त्री लामिछानेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन