११ चैत्र २०८२, बुधबार | March 25, 2026

मेक्सिकोमा बस दुर्घटनामा १७ काे मृत्यु



मेक्सिको सिटी । पश्चिमी मेक्सिकोमा बिहीबार बिहान एउटा यात्रुबाहक बस राजमार्ग नजिकै खाल्डोमा खसेको छ । सो दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएका छन भने अन्य २२ जना घाइते भएका छन् । यद्यपी उनको अवस्था स्थिर रहेको बताइएको छ ।

नायरित राज्य सुरक्षा र नागरिक रक्षा सचिव जर्ज बेनिटो रोड्रिगेजले उद्धार कार्यमा कठिनाइ भइरहेको बताए। खाडल लगभग ५० मिटर (१६४ फिट) गहिरो रहेको थियो । मृत्यु हुनेमा १४ वयस्क र तीन बालबालिका रहेका छन् । बसमा ४० जना यात्रु सवार थिए । सबैजना तिजुआना जाँदै थिए ।

दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । अधिकारीहरूले भने कि बस राज्यको राजधानी टेपिक बाहिरको राजमार्गमा रहेको ब्यारान्का ब्लान्का नजिकै दुर्घटनाग्रस्त भएको हो ।

अघिल्लो महिना ओक्साकाको दक्षिणी राज्यमा भएको बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो । गत फेब्रुअरीमा दक्षिण र मध्य अमेरिकाका आप्रवासीहरू बोकेको बस मध्य मेक्सिकोमा दुर्घटनाग्रस्त हुँदा १७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ३३ बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मी, दुई प्यानलबाट आंशिक उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा तथा