७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानकाे मुद्दाकाे आज फैसला



इस्लामाबाद । इस्लामबाद हाईकोर्टले तोशाखाना मुद्दामा पुर्ब प्रधानमन्त्री इमरान खानले दायर गरेको याचिकामा शुक्रबार आफ्नो फैसला सुनाउँदै छ ।

पीटीआई प्रमुख खानले तोषखाना मुद्दामा आफूलाई बचाउनको लागि अतिरिक्त जिल्ला तथा सत्र अदालतको आदेशलाई चुनौती दिएका छन्। उच्च अदालतले बिहीबार यस विषयमा इमरान खानले दायर गरेको याचिकामा आफ्नो निर्णय सुरक्षित राखेको छ ।

डन अखबारका अनुसार पाकिस्तानको निर्वाचन आयोगले खानलाई गलत बयान र गलत घोषणा गरेको भन्दै अयोग्य ठहर गरिसकेको छ । खान विरुद्ध गत १० मेमा यो अभियोग लगाइएको थियो। आईएचसीका मुख्य न्यायाधीश अमिर फारुकले कारबाहीमा रोक लगाए। अतिरिक्त जिल्ला सत्र न्यायाधीश हुमायुन दिलावरले ८ कानुनी प्रश्नलाई ध्यानमा राखी तोशाखाना प्रकरणमा सात दिनभित्र पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

तर, जब न्यायाधीशले यस विषयमा पुनः जाँच गरेका थिए, त्यो बेला खानका वकिल ख्वाजा हरिस लगातार तेस्रो सुनुवाइमा उपस्थित भएनन्। त्यसपछि जुलाई ९ मा एडीएसजे दिलावरले मुद्दा चलाउन सकिने फैसला सुनाए। रोकिएको कार्यवाही सुचारु गर्न साक्षी बोलाइने छ। मुद्दाको सुनुवाइ हतारमा भएको भन्दै अधिवक्ताले निन्दा गर्दैै आएका छन । उनका अनुसार न्यायपालिकाको पक्षपात गरेको छ ।

पाकिस्तानको कानून अनुसार विदेशी राज्यका गणमान्य व्यक्तिहरूबाट प्राप्त कुनै पनि उपहार राज्य डिपोजिटरी अर्थात् तोशाखानामा राख्नुपर्छ। यदि राष्ट्र प्रमुखले उपहार राख्न चाहन्छ भने उसले यसको मूल्य बराबर रकम तिर्नु पर्ने हुन्छ। यो लिलामी प्रक्रिया मार्फत निर्णय गरिन्छ। यी उपहारहरू कि त तोषाखानामा जम्मा हुन्छन् वा लिलामी गर्न सकिन्छ र यसबाट कमाएको पैसा राष्ट्रिय कोषमा जम्मा हुन्छ।

यो आरोपको सिलसिला भने इमरान प्रधानमन्त्री हुँदाबाट सुरु भएको थियो । सन् २०१८ मा सत्तामा आएका इमरान खानले आधिकारिक भ्रमणका क्रममा करिब १४ करोड रुपैयाँ बराबरका ५८ वटा उपहार पाएका थिए । यी महँगो उपहारहरू तोशाखानामा जम्मा गरिएका थिए तर पछि इमरान खानले सस्तो मूल्यमा तोशाखानाबाट किनेर बजारमा महँगो मूल्यमा बेचेका थिए । उनले यो सम्पूर्ण प्रक्रियाका लागि सरकारी कानूनमा समेत पनि परिवर्तन गरे।

मिडिया रिपोर्टका अनुसार इमरानले ती उपहारहरू तोशाखानाबाट २।१५ करोडमा किनेका थिए तर बिक्री गरेर ५.८ करोड रुपैयाँ नाफा कमाउन सफल भए। जुन उपहारमा एउटा ग्राफ घडी, एक जोडी कफलिङ्क, एउटा महँगो कलम, एउटा औंठी र चारवटा रोलेक्स घडीहरूलगायत रहेका छन ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १० : २२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज