६ पुस २०८२, आइतबार | December 21, 2025

पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानकाे मुद्दाकाे आज फैसला



इस्लामाबाद । इस्लामबाद हाईकोर्टले तोशाखाना मुद्दामा पुर्ब प्रधानमन्त्री इमरान खानले दायर गरेको याचिकामा शुक्रबार आफ्नो फैसला सुनाउँदै छ ।

पीटीआई प्रमुख खानले तोषखाना मुद्दामा आफूलाई बचाउनको लागि अतिरिक्त जिल्ला तथा सत्र अदालतको आदेशलाई चुनौती दिएका छन्। उच्च अदालतले बिहीबार यस विषयमा इमरान खानले दायर गरेको याचिकामा आफ्नो निर्णय सुरक्षित राखेको छ ।

डन अखबारका अनुसार पाकिस्तानको निर्वाचन आयोगले खानलाई गलत बयान र गलत घोषणा गरेको भन्दै अयोग्य ठहर गरिसकेको छ । खान विरुद्ध गत १० मेमा यो अभियोग लगाइएको थियो। आईएचसीका मुख्य न्यायाधीश अमिर फारुकले कारबाहीमा रोक लगाए। अतिरिक्त जिल्ला सत्र न्यायाधीश हुमायुन दिलावरले ८ कानुनी प्रश्नलाई ध्यानमा राखी तोशाखाना प्रकरणमा सात दिनभित्र पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

तर, जब न्यायाधीशले यस विषयमा पुनः जाँच गरेका थिए, त्यो बेला खानका वकिल ख्वाजा हरिस लगातार तेस्रो सुनुवाइमा उपस्थित भएनन्। त्यसपछि जुलाई ९ मा एडीएसजे दिलावरले मुद्दा चलाउन सकिने फैसला सुनाए। रोकिएको कार्यवाही सुचारु गर्न साक्षी बोलाइने छ। मुद्दाको सुनुवाइ हतारमा भएको भन्दै अधिवक्ताले निन्दा गर्दैै आएका छन । उनका अनुसार न्यायपालिकाको पक्षपात गरेको छ ।

पाकिस्तानको कानून अनुसार विदेशी राज्यका गणमान्य व्यक्तिहरूबाट प्राप्त कुनै पनि उपहार राज्य डिपोजिटरी अर्थात् तोशाखानामा राख्नुपर्छ। यदि राष्ट्र प्रमुखले उपहार राख्न चाहन्छ भने उसले यसको मूल्य बराबर रकम तिर्नु पर्ने हुन्छ। यो लिलामी प्रक्रिया मार्फत निर्णय गरिन्छ। यी उपहारहरू कि त तोषाखानामा जम्मा हुन्छन् वा लिलामी गर्न सकिन्छ र यसबाट कमाएको पैसा राष्ट्रिय कोषमा जम्मा हुन्छ।

यो आरोपको सिलसिला भने इमरान प्रधानमन्त्री हुँदाबाट सुरु भएको थियो । सन् २०१८ मा सत्तामा आएका इमरान खानले आधिकारिक भ्रमणका क्रममा करिब १४ करोड रुपैयाँ बराबरका ५८ वटा उपहार पाएका थिए । यी महँगो उपहारहरू तोशाखानामा जम्मा गरिएका थिए तर पछि इमरान खानले सस्तो मूल्यमा तोशाखानाबाट किनेर बजारमा महँगो मूल्यमा बेचेका थिए । उनले यो सम्पूर्ण प्रक्रियाका लागि सरकारी कानूनमा समेत पनि परिवर्तन गरे।

मिडिया रिपोर्टका अनुसार इमरानले ती उपहारहरू तोशाखानाबाट २।१५ करोडमा किनेका थिए तर बिक्री गरेर ५.८ करोड रुपैयाँ नाफा कमाउन सफल भए। जुन उपहारमा एउटा ग्राफ घडी, एक जोडी कफलिङ्क, एउटा महँगो कलम, एउटा औंठी र चारवटा रोलेक्स घडीहरूलगायत रहेका छन ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १० : २२ बजे

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक