२५ मंसिर २०८०, सोमबार | December 11, 2023

पहिरोमा पुरिएर एक शिशुको मृत्यु, तीनजना बेपत्ता



चरिकोट । दोलखामा पहिरोमा पुरिएर एक शिशुको मृत्यु भएको छ भने तीनजना बेपत्ता र तीनजना नै घाइते भएका छन् ।

गौरीशंकर गाउँपालिका–७, टोपाटारमा बिहीबार राति पहिरो जाँदा पुरिएर १५ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बिहीबार रातिको घटना भए पनि टेलिफोन सम्पर्कविच्छेद हुँदा शुक्रबार बिहान मात्र प्रहरीलाई खबर प्राप्त भएको थियो ।

गौरीशंकर–८ बाट खसेको पहिरोले वडा नम्बर ७ मा क्षति गरेको हो । सो पहिरोले पाँच घरमा क्षति गरेको छ । सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार तथा बेपत्ताको खोजी गरिरहेको छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोली खटिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ११ : २१ बजे

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका

एनिमलको टक्करमा परेको ‘सामबहादुर’को दोस्रो साताको कमाइ बढी

मुम्बइ । विक्की कौशलको पछिल्लो रिलिज फिल्म ‘साम बहादुर’ रणवीर

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरियो

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ