३ पुस २०८२, बिहिबार | December 18, 2025

एक क्वीन्टल सुन तस्करीको छानबिन अब सीआईबीले गर्ने



काठमाडौं । सरकारले एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्विन्टल सुन तस्करीको अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका हुन्। यस प्रकरणमा हालसम्म राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेकोछ । तर, सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध समेत भएकोले त्यसको जरैसम्म पुग्ने गरी परिपक्क अनुसन्धान गर्न प्रधानमन्त्रीले प्रहरीलाई निर्देशन दिएका हुन् ।
बिहीबार अपरान्ह गृहमन्त्री, प्रहरी प्रमुख र सीआईबी प्रमुखसहितले भेट गरेपछि प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । अब, आइतबारदेखि नै सीआईबीले सुनकाण्डको अनुसन्धानलाई अघि बढाउने तयारी गरेको छ । प्रधानमन्त्रीले यस प्रकरणमा जो सुकै पार्टीको नेता परेपछि नछोडन् समेत निर्देशन दिएका छन् ।

हालसम्म यस प्रकरणमा भन्सारका अधिकृतसहित तीन कर्मचारी, चिनियाँ, बेल्जियन र भारतीय गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् । तर, तस्करको मुख्य नाइकेसम्म भने पुग्न सकेको छैन ।

 

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १२ : ३३ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा