२० मंसिर २०८२, शनिबार | December 7, 2025

बर्दियामा ६ वर्षिया र भक्तपुरमा १५ वर्षिया बालिका बलात्कृत



काठमाडौं । बर्दिया र भक्तपुरबाट बलात्कार आरोपमा तीनजना पक्राउ परेका छन् । बर्दियामा ९ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका-६ नौरंगा बस्ने २१ वर्षीय रबिन थारु र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् । उनीहरूले ती बालिकालाई मसानघाटको ओत लाग्ने टहरोमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारमाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

भक्तपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक साँगाचोक नगरपालिका-१४ झ्याडी घर भई हाल भक्तपुर बोडे बस्ने २५ वर्षीय सिङ्ग बहादुर माझीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसोदेखि हराएकी बालिकाको खोजी तथा अनुसन्धान गर्ने क्रममा माझीले ती बालिकालाई सोमबार भक्तपुर सूर्यविनायकस्थित कोठामा लगि जबरजस्ती करणी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  २ : १४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल