९ चैत्र २०८२, सोमबार | March 24, 2026

गुल्मेली पत्रकार कृष्ण अन्जानको निधन



बुटवल । गुल्मीमा बसेर पत्रकारिता गरिरहेका पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन भएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा पत्रकार अन्जानको निधन भएको हो । लामो समयदेखि मधुमेहका बिरामी रहेका उनको उपचारको क्रममा हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ ।

अन्जान पछिल्लो समय गुल्मीको रुरु गाँउपालिकाको थोर्गामा रहेर ग्रामिण पत्रकारितामा सक्रिय रहेका थिए । गुल्मी रुरु १ थोर्गा स्यालपोखरीमा स्थायी घर भएका ज्ञवालीले ग्रामिण क्षेत्रको पत्रकारितामा दख्खल राख्थे । मृतक अन्जानको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । पारिवारिक श्रोतका अनुसार भोलीमात्र गुल्मीको रिडीधाममा शवको दाहसंस्कार गरिने छ ।

गीत संगितमा समेत रुचि राख्ने उनले थुप्रै गीतहरु सिर्जना समेत गरेका छन् । उनको परिवारमा श्रीमती तथा १ छोरी र १ छोरा छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १० : ५७ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११