७ श्रावण २०८३, बिहिबार | July 23, 2026

इथियोपियामा सुरक्षा बल र मिलिशिया लडाकुबीच हिंसात्मक झडप, लगाईयो संकटकाल



इथियोपिया । इथियोपिया को अम्हारा प्रान्तमा संघीय सुरक्षा बल र स्थानीय मिलिशिया लडाकुहरूबीचको हिंसात्मक झडप जारी छ, जसले स्थिति तनावपूर्ण बनाएको छ ।

हालको बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै इथियोपियाको संघीय सरकारले अम्हारा क्षेत्रमा शुक्रबार संकटकाल घोषणा गरेको छ । सरकारको यो निर्णयअघि देशका उपप्रधानमन्त्री डेमेके मेकोनले  ‘तनाब स्थितिले झन् गम्भीर रूप लिइरहेको’ बताएका थिए ।

स्थानीय नेताले नियमित कानून प्रवर्तनले हिंसा रोक्न सक्षम नभएको बताए पछि प्रधानमन्त्रीको कार्यालयले शुक्रबार भएको संकटकाल लगाउने निर्णयको घोषणा गरेको हो । तर, प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा अम्हारामा मात्र लागू हुने कि देशभर लागू हुने भन्नेबारे भने केही बताइएको छैन । सरकारले गरेको विज्ञप्तिमा यो गतिविधिबाट राष्ट्रिय सुरक्षा र सार्वजनिक शान्तिमा खतरा दिनप्रतिदिन बढ्दै गएको भने उल्लेख गरिएको छ ।

स्मरण रहोस, यस हप्ताको सुरुमा इथियोपियाको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको प्रान्तमा फानो मिलिशिया र इथियोपियन नेशनल डिफेन्स फोर्स बीचको हिंसात्मक झडप तीव्र भयो, जसले संकटको स्थिति निम्त्याएको थियो । मिडिया रिपोर्टका अनुसार हालै सरकारले ‘फानो’ भनेर चिनिने मिलिशियालाई हतियार राख्न बाध्य पार्ने प्रयास गरे लगत्तै तनाव बढेको थियो ।

संकटकाल घोषणा हुनुअघि उप प्रधानमन्त्रीले बुधबार शान्तिपूर्ण समाधानका लागि वार्ता गर्न आह्वान गरेका थिए । तर, उनको आह्वानको खासै प्रभाव देखिएको छैन । त्यसपछि सरकारले यस्तो निर्णय लिनुपरेको हो ।

मिडिया रिपोर्टहरूका अनुसार बिहीबार मिलिशियाका सदस्यहरूले सेनाको एकाइहरूमा भयंकर आक्रमण गरेका छन् । यससँगै आन्दोलनकारीले धेरै मुख्य सडक अवरुद्ध गरेका छन् । जसका कारण विगत केही घण्टादेखि यातायात अवरुद्ध भएको छ । अहिले तनावलाई मध्यनजर गर्दै दुई लोकप्रिय पर्यटकीय सहर लालिबेला र गोन्डरको उडान स्थगित गरिएको छ । हिंसा रोक्न प्रदेशमा इन्टरनेट बन्द गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : ४४ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट