१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बालविवाह न्युनिकरण गर्न सञ्चारकर्मीले कलम चलाउन अपिल



मुगु । पछिल्लो समय कर्णालीका जिल्लासहित मुगु जिल्ला बालविवाहको अवस्था भयाभह बन्दै गए पछि यसको न्युनिकरण गर्न सञ्चारकर्मीहरुको पनि मुख्य भुमिका रहनु पर्ने बताएका छन् ।

कर्णालीका जिल्ला मध्ये मुगु जिल्ला बालविवाह गर्नेमा पहिलो नम्बरमा रहेको जिल्ला भएको बताईएको छ । अहिले सरकारसँग र बालविवाह सम्बन्धि काम गर्ने संस्थासँग बालविवाह कति छ ?  कति भयो ?  भन्ने एकिन थत्यांक रहेको छैन । शुक्रवार मुगु जिल्ला स्थित सञ्चारकर्मीहरुसँग बालविवाह न्युनीकरण भुमिका सम्बन्धि बिषयको छलफमा यस्तो बताईएको हो ।

पछिल्लो समय प्राय दलित समुदाय र क्षेत्रि समुदायमा बालविवाह हुने गरेको हुदा यसलाइ न्युनीकरण गर्न सञ्चारकर्मीको पनि मुख्य भुमिका रहने कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र मुगुले जनाएको छ ।

जिल्लामा बालवविवाह, यौन प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि काम गर्दै आईरहेको सिडिएस पार्क संस्थाले बालविवाह न्युनीकरणमा पैरवी गरिररहेको छ । बाल विवाहले किशोर किशोरीको स्वास्थ्यमा समेत असर पुर्याउने भन्दै बाल विवाह न्युनिकरण अभियानमा सरोकारवालासँग सहकार्य गरेर चेतनामुलक कार्यक्रम संचालन गर्ने सिडिएस पार्क मुगुका कार्यकारी निर्देशक अजबहादुर शाहीले बताए ।

कम उमेरमा विवाह र किशोरी उमेरमा आमा बनेपछि शारीरिक र मानसिक रुपमा तनाव बढ्ने र त्यसलै बिभिन्न हिंसा सम्बन्धी घटनाहरु निम्तिने उनको भनाइ छ । साथै जिल्लामा देखिएको बाल विवाहको समस्यालाइ न्युनिकरण गर्न भुमिका खेल्नुपर्ने बताए ।

बाल विवाहले सम्बन्धविच्छेदका घटना निम्त्याउने बताउँदै कम उमेरमा विवाह गर्ने घटनालाइ अन्त्य गर्न सबै लाग्नु पर्ने र जिल्लामा बालबालिकाहर बढि जोखिममा रहेको बताउँदै उनले बाल विवाह र बालश्रमलाइ न्युनिकरण गर्द अभियाननै संचालन गर्नु पर्नेमा जोड दिए ।

बालविवाहले सम्बन्ध विच्छेदका घटना निम्त्याउने भएकाले यस्ता घटना न्युनिकरण गर्न सबै सरोकारवालाहरु लाग्नु पर्ने शाहीले बताए ।

कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले बालबालिकाका लागी गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवालाले पहल गर्नुपर्ने बताउँदै यसतर्फ ध्यान दिन र बालविाह न्युनीकरण सम्बन्धमा सञ्चारकर्मीहरुले महत्वपुर्ण  भुमिका खेलेको र यसको बिषयमा थप कलम पनि चालिने पत्रकारहरुले बताएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १० : ४१ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो