९ श्रावण २०८३, शनिबार | July 25, 2026

गौर नरसंहार पीडितसँग चाँडै औपचारिक वार्ता गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता



काठमाडौं। गौर हत्याकाण्डका पीडित संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पीडितहरुसँग प्रधानमन्त्री दाहालको भेटवार्ता भएको हो ।

उक्त भेटका क्रममा संघर्ष समितिले अमानवीय गौर नरस‌‌हार दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए । त्यसका साथै उनीहरूले पीडितहरूले दोषीमाथि कारबाहीको माग गर्दै जारी राखेको आन्दोलनका बारेमा पनि जानकारी गराएका छन् ।

पीडित संघर्ष समितिको माग सम्बोधन गर्न आफू तयार रहेको जनाउँदै प्रधानमन्त्री दाहालले संघर्ष समितिसँग वार्ताका लागि छिटै नै गृह सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रतिबद्दतासमेत जनाएका छन् ।

यसैबीच गौर हत्याकाण्डका पीडितहरूले आज आठौँ दिन पनि धर्ना जारी राखेका छन् । रौतहटको चन्द्रपुरमा पीडित परिवारले सुरु गरेको धर्ना आठौँ दिन पनि जारी राखिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ३ : ०९ बजे

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा