२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

ग्लोबल आईएमई बैंकको नाफा बढ्यो



काठमाडौं। गत आर्थिक वर्षको चौथो त्रैमासमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा अघिल्लो वर्षको भन्दा ४६.२६ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा ग्लोबलको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत र सञ्चालन नाफा ४४.२६ प्रतिशत बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ ।

यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा भने ८.७१ प्रतिशतले घटेर २ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी पनि ० रुपैयाँ ७ पैसाले घटेर २० रुपैयाँ ७७ पैसामा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ८४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ०५ पैसा छ । ग्लोबलको रिजर्भ कोष, निक्षेप संकलन तथा कर्जा लगानीलगायत सूचकहरुमा पनि सुधार भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १० : ४५ बजे

गरिबका छोराछोरी पढ्ने तिब्बतका सुविधा सम्पन्न विद्यालय

छिरिङ ड्रोल्मा तिब्बत स्वायत्त प्रदशेको एक विद्यालयमा अध्ययन गर्छिन् ।

वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत

नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल

विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास

दर्शन कल्याण ठकुरी समाजको बृहत निःशुल्क स्वास्थ्य शिविरमा २ सय ५० बढीको उपचार

तिलोत्तमा । दर्शन कल्याण ठकुरी समाज रुपन्देहीको आयोजना तथा देवदह