१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

रवि लामिछानेबाट पटक पटक नेपाली ऐन कानुन माथि ‘मजाक’

रविले संचालन गरेको मोबाइल क्लिनकि र निलो बसको सवारी साधन दुबै अबैधानिक



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका लागि नेपालको ऐन कानुन लगातार मजाकको विषय बन्ने गरेको छ । अमेरिकाको नागरिकता कायम राखेरै नेपाल आएर खारेजयोग्य नागरिकता प्रयोगबाट सुरु भएको उनको कानुनलाई मजाकमा उडाउने प्रबृत्ति गृहमन्त्री र २ पटक प्रतिनिधिसभा सदस्य बन्दा पनि हटेको छैन ।

आफु निर्वाचित भएको १०० दिन पुगेको अवसरमा घोषणा गरिएको मोबाइल क्लिनीक र महिलाको निशुल्क बस संचालन गर्दा उनको पछिल्लो मजाक सार्वजनिक भएको छ । सवारी साधनको स्वरुप परिवर्तन गर्दा यातायात कार्यालयको अनुमति आवश्यक पर्ने सामान्य कानुनी ब्यवस्थालाई मजाक उडाउँदै उनले ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भन्दै मोबाइल क्लिनीकका लागि तयार गरेको एम्बुलेन्स र महिलालाई निशुल्क भन्दै तयार गरिएको निलो बस संचालनमा ल्याएका छन् ।

भारत सरकारले बिरामी बोक्न चितवनको पुरानो मेडिकल कलेजलाई दिएको एम्बुलेन्सलाई निलो पोतेर मोबाइल क्लिनीक बनाउँदा होस् वा ५ वर्ष अगाडि दुर्घटनामा पेपछि थन्केर बसेको बसलाई महिलालाई निशुल्क सुबिधा दिने भन्दै निलो बस बनाउँदा रबिले नेपाली कानुनलाई मजाकमा उडाउने प्रयत्न गरेका छन् ।

एम्बुलेन्स लेखिएको भागमा समेत रङ्ग पोतेर पार्टी ब्राण्ड गाइडलाईनको रङ्ग लगाउँदा यातायात ब्यवस्था कानुनलाई उल्लंघन गरेको पुष्टी भएपछि मोबाइल क्लिनीक सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।

सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट दोस्रो पटक निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए ।

रबिको एम्बुलेन्समाथिको हर्कतको सर्वत्र विरोध भए पछि राष्ट्रिय स्वतन्त्र पार्टी बागमती स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा. मनोहर प्रधानले एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरेका हुन् ।

भारतीय दूतावासले उक्त एम्बुलेन्स आजभन्दा ११ वर्ष अगाडि पुरानो मेडिकल कलेजलाई अनुदानकारुपमा दिएको थियो । रास्वपालाई मोबाइल क्लिनिक संचालन गर्न एमबुलेन्स सहित चिकित्सकसहितको जनशक्ति पनि पुरानो मेडिकल कलेजले नै व्यवस्था गरिदिएको थियो ।

सेतो रङ्गमा रहेको एम्बुलेन्सलाई रास्वपाले रंग परिवर्तन गरेर चलाएको थियो । फिर्ता गरिएको उक्त एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न भन्दै वर्कसपमा पठाइएको स्रोतले बताएको छ ।

रास्वपाले महिलाहरुका लागि निःशुल्क सन्चालनमा ल्याएको निलो बस पनि अनुमति बिना निलो रंगमा परिवर्तन गरिएको छ । बस संचालन गर्नु पूर्व स्वरुप परिवर्तन गर्न कुनै अनुमतिको लागि निबेदन नपरेको यातायात ब्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोबिन्द पौडेलले बताए । उनले बिरगन्जमा दर्ता भएकाले आफुलाई थाहा नभएको बताउँदै उनले एम्बुलेन्सको हकमा स्वरुप परिवर्तन गर्ने नेपालमा अहिले समम अभ्यास नभएको जनाए । उता ना ५ ख ३१३८ नम्बरको बसको पनि रङ परिवर्तनको कुनै अनुमति बिना संचालन गरिएको छ । यातायात ब्यवस्था कार्यालय नारायणी बिरगन्जमा दर्ता रहेको सो बसको रङ हरियो, सेतो, सिल्भर र पहेंलो कायम रहेको यातायात ब्यवस्था कार्यालय बिरगन्जका प्रमुख उमेस रेग्मीले बताए । उनले स्वरुप परिवर्तनको कुनै निवेदन नपरेको जनाउँदै अनुमति बिना रङ परिवर्तन गर्न नपाइने बताए ।

प्रदेश सवारी तथा यातायात ब्यवस्था ऐन २०७५ मा सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृत नगराई सवारीको रङ, सिट संख्या, स्वरुप, इन्जिन वा चेसिसमा परिवर्तन गरि हेरफेर गर्न नहुने ब्यवस्था गरिएपनि रबिले मोबाइल क्लिनकि र निलो बस चलाउँदा कुनै कानुनी प्रक्रिया पुरा गरेका छैनन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ११ : ०२ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित