२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

माओवादी केन्द्रका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीका पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।

जारी केन्द्रीय समितिको बैठक बस्नुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सबै पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् । अर्का उपमहासचिव जनार्दन शर्माले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाउँदा देवेन्द्र पौडेललाई मधेस प्रदेशको जिम्मेवारी दिइएको छ ।

यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छनन् ।

पदाधिकारी बैठक सकिएलगत्तै कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु भएको छ । उक्त बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ अध्धयक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेका छन् ।

आजसम्म मात्र हल बुक भएका कारण बैठक आजै सक्नुपर्ने दबाब रहेको छ । यद्यपी, अझै पनि धेरै केन्द्रीय सदस्यहरुले बोल्न बाँकी रहेको छ । बोल्न बाँकी केन्द्रीय सदस्यहरुलाई लिखित रुपमा आफ्नो सुझाव दिन भनिएको छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १ : १० बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको