३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

माओवादी केन्द्रका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीका पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।

जारी केन्द्रीय समितिको बैठक बस्नुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सबै पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् । अर्का उपमहासचिव जनार्दन शर्माले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाउँदा देवेन्द्र पौडेललाई मधेस प्रदेशको जिम्मेवारी दिइएको छ ।

यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छनन् ।

पदाधिकारी बैठक सकिएलगत्तै कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु भएको छ । उक्त बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ अध्धयक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेका छन् ।

आजसम्म मात्र हल बुक भएका कारण बैठक आजै सक्नुपर्ने दबाब रहेको छ । यद्यपी, अझै पनि धेरै केन्द्रीय सदस्यहरुले बोल्न बाँकी रहेको छ । बोल्न बाँकी केन्द्रीय सदस्यहरुलाई लिखित रुपमा आफ्नो सुझाव दिन भनिएको छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १ : १० बजे

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय