३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

जनताको काममा जुट्न एमाले नेता गिरीको निर्देशन



बर्दिया । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले नेता कार्यकर्ताहरुलाई जनताको काममा जुट्न निर्देशन दिएका छन् ।

एमाले बर्दिया जिल्ला कमिटिले आयोजना गरेको पालिकास्तरीय प्रशिक्षण कार्यक्रममा बर्दिया जिल्ला इन्चार्जसमेत रहेका पूर्वलुम्बिनी प्रदेश मुख्यमन्त्री एवं पोलिटब्यूरो सदस्य गिरीले पार्टी स्थापनाको लक्ष्य उद्देश्यअनुसार जनताको काममा जुट्न निर्देशन दिए ।

कम्युनिष्ट पार्टी स्थापनाको इतिहास सुनाउँदै नेकपा एमाले बर्दिया ईन्चार्ज गिरीले विशेषगरी वर्गीय रुपमा पछाडि परेको वर्गको सुखमा मात्र होइन, दुःखमा संगसंगै काँधमा काँध मिलाएर अघि बढ्न जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरे । तत्कालिन अवस्थामा विशेषगरी निरंकुश राजतन्त्रको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक गणतन्त्र स्थापनाको सन्दर्भमा नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै यो मुलुकको समृद्धि नेकपा एमालेले मात्र हाँसिल गर्न सक्ने बताए ।

पार्टी स्थापनाको इतिहास सुनाउँदै इन्चार्ज गिरीले हामीले कुनै पदको लोभमा भूमिगत भएर संघर्ष गरेको जेल बसेको होइन, केवल यो मुलुकलाई सार्वभौमसत्ता बनाउन, जनतालाई अधिकार सम्पन्न बनाउन, दासताको उन्मुलक गर्न, जातीय तथा वर्गीय रुपमा हेपिएका, दबिएकाहरुको पक्षमा लागेर सामान्ती सोच भएकाहरुलाई परास्त गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न कम्युनिष्ट भएको बताए । अहिले पार्टीभित्र अवसर मात्र खोज्ने पार्टीको काम नगर्ने परिपाटीको विकास भएको भन्दै पद पाउनका लागि मात्र राजनीति नगर्न अनुरोध गरे ।

नेकपा एमाले बर्दिया जिल्ला कमिटिले यही साउन १५ गतेदेखि २२ गतेसम्म बर्दिया जिल्लाका आठ वटै स्थानीय तहमा नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आइतबार बाँसगढी नगरपालिकास्तरमा प्रशिक्षण कार्यक्रम सकिएको छ भने सोमबार बढैयाताल गाउँपालिकामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

पालिकास्तरीय प्रशिक्षण कार्यक्रममा पोलिटब्यूरो सदस्य लिला गिरीसँगै केन्द्रिय सदस्यहरु लक्ष्मण ज्ञवाली, शोभा ज्ञवाली, भिम केसी, खडकबहादुर खड्का तथा बर्दिया जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष शालिकराम अधिकारी र सचिव पदम ढकालले समेत प्रतिशत कार्यक्रमलाई सम्बोधन गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ८ : २१ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा