७ आश्विन २०८३, बुधबार | September 23, 2026

मोरोक्कोमा बस दुर्घटनामा २४ को मृत्यु, हरेक दिन १० जनाको मृत्यु पछि सरकार चिन्तामा



मोरोक्को । मध्य मोरक्कोको अजिलाल प्रान्तमा आइतबार भएको सबैभन्दा भयानक सडक दुर्घटनामा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले डेम्नेट सहरको साप्ताहिक बजारमा यात्रुहरू बोकेको मिनीबस एक मोडमा पल्टिएको बताए । सो दुर्घटनामाथी प्रहरीले अनुसन्धान थालेको छ ।

मोरक्को र अन्य उत्तर अफ्रिकी देशहरूको सडकहरूमा दुर्घटनाहरू बारम्बार हुन्छन्, वार्षिक हजारौं सडकको मृत्यु हुने गर्दछ। गत मार्चमा ब्राचोआको ग्रामीण सहरमा एउटा मिनीबस रूखमा ठोक्किँदा ११ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश कृषि कामदार थिए ।

धेरै गरिब नागरिकहरूले ग्रामीण क्षेत्रमा यात्रा गर्न कोच र मिनी बसहरू प्रयोग गर्छन् । गत वर्षको अगस्टमा मोरक्कोको आर्थिक राजधानी क्यासाब्लान्काको एउटा मोडमा बस पल्टिँदा २३ जनाको मृत्यु भएको थियो भने अन्य ३६ जना घाइते भएका थिए ।

नेशनल रोड सेफ्टी एजेन्सीका अनुसार मोरक्कोमा वार्षिक औसत ३ हजार ५ सयको सडक दुर्घटनावाट मृत्यु र १२ हजार घाइते हुने गरेका रेकर्ड सार्बजनिक भएको छ । जसअनुसार प्रति दिन त्यस्ता दुर्घटनामा परेर १० जनाले ज्यान गुमाउँदै आएका छन ।

गत वर्ष यो संख्या करिब तीन हजार दुई सय थियो । २०१२ मा देशको इतिहासमा सबैभन्दा खराब बस दुर्घटनामा ४२ जनाको मृत्यु भएपछि अधिकारीहरूले २०२६ सम्म मृत्यु दर आधा गर्ने लक्ष्य राखेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : ५६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई