४ पुस २०८२, शुक्रबार | December 19, 2025

मोरोक्कोमा बस दुर्घटनामा २४ को मृत्यु, हरेक दिन १० जनाको मृत्यु पछि सरकार चिन्तामा



मोरोक्को । मध्य मोरक्कोको अजिलाल प्रान्तमा आइतबार भएको सबैभन्दा भयानक सडक दुर्घटनामा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले डेम्नेट सहरको साप्ताहिक बजारमा यात्रुहरू बोकेको मिनीबस एक मोडमा पल्टिएको बताए । सो दुर्घटनामाथी प्रहरीले अनुसन्धान थालेको छ ।

मोरक्को र अन्य उत्तर अफ्रिकी देशहरूको सडकहरूमा दुर्घटनाहरू बारम्बार हुन्छन्, वार्षिक हजारौं सडकको मृत्यु हुने गर्दछ। गत मार्चमा ब्राचोआको ग्रामीण सहरमा एउटा मिनीबस रूखमा ठोक्किँदा ११ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश कृषि कामदार थिए ।

धेरै गरिब नागरिकहरूले ग्रामीण क्षेत्रमा यात्रा गर्न कोच र मिनी बसहरू प्रयोग गर्छन् । गत वर्षको अगस्टमा मोरक्कोको आर्थिक राजधानी क्यासाब्लान्काको एउटा मोडमा बस पल्टिँदा २३ जनाको मृत्यु भएको थियो भने अन्य ३६ जना घाइते भएका थिए ।

नेशनल रोड सेफ्टी एजेन्सीका अनुसार मोरक्कोमा वार्षिक औसत ३ हजार ५ सयको सडक दुर्घटनावाट मृत्यु र १२ हजार घाइते हुने गरेका रेकर्ड सार्बजनिक भएको छ । जसअनुसार प्रति दिन त्यस्ता दुर्घटनामा परेर १० जनाले ज्यान गुमाउँदै आएका छन ।

गत वर्ष यो संख्या करिब तीन हजार दुई सय थियो । २०१२ मा देशको इतिहासमा सबैभन्दा खराब बस दुर्घटनामा ४२ जनाको मृत्यु भएपछि अधिकारीहरूले २०२६ सम्म मृत्यु दर आधा गर्ने लक्ष्य राखेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : ५६ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह