१६ माघ २०८२, शुक्रबार | January 30, 2026

साउनको चौथो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम


२२ श्रावण २०८०, सोमबार  

169
Shares

काठमाडौं । सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ ।

साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन् । साउनको सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए ।

पशुपतिनाथ मन्दिरमा रातो र हरियो पहिरनमा सजिएका सोमबारका बर्तालु महिला भक्तजनको बढी भीडभाड देखिन्छ । सोमबारकै अवसरमा सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको लाम पनि लामो रहेको उनले जानकारी दिए । बोल बम यात्रीका लागि एउटै ढोकाबाट जल चढाएर फर्कने व्यवस्था गरिएको छ ।

बोल बम यात्री सुन्दरीजलमा शुद्ध जल लिन आइतबार बेलुकी नै वाग्मतीको मुहानस्थल पुगेका थिए । बिहान सबेरै स्नान गरी शुद्ध जल लिएर आएका भक्तजनले अहिले जल अर्पण गरिरहेका छन् । आज बेलुकी भक्तजनको लाम रहेसम्म चारै ढोका भक्तजनको दर्शनका लागि खुला गरिने कोषले जनाएको छ । यस वर्ष साउन महिनामा अधिकमास परेकाले व्रत बस्नु हुने वा नहुनेमा धर्मशास्त्रीबीच मतान्तर रहेको छ । प्रत्येक वर्ष साउन महिनाको सोमबार नियमित रुपमा गरिने कर्म भएकाले यो व्रत गर्नुहुने विश्वासमा धेरै भक्तजनको शिवालयमा लाम लागेको हो ।

यस वर्ष साउन महिनामा पाँच सोमबार परेको छ । साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत उद्यापनका लागि गोदान, पूर्णपात्र वा पूजा लगाउने धार्मिक विधि रहेको छ ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान् प्रसन्न भई मनोकामना पूरा गरिदिनुहने धार्मिक विश्वास रहेको छ । यस अवसरमा आज बिहानैदेखि राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । देशभरका ठूला, साना शिवालयमा पनि भक्तजनको लाम लागेको जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ११ : ३६ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र