९ चैत्र २०८२, सोमबार | March 24, 2026

महिला कर्मचारीमाथि बलात्कार प्रयास गर्ने अस्पताल प्रमुख पक्राउ



बुटवल । कपिलवस्तुमा आफ्नै अफिसमा काम गर्ने महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेपछि कार्यालय प्रमुख र उनका सहयोगी पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिका अन्तर्गत आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा कार्यरत महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा अस्पतालका स्वास्थ्य प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका– ३ बस्ने भुवन पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले साउन १२ गते राति डिउटीमा खटिएका महिला कर्मचारी माथि मदिरा सेवन गरी बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा पीडित महिलाले उजुरी दिए पछि उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजगं मल्लले जानकारी दिए । उजुरी गरेलगत्ते फरार रहेका पौडेल र पाण्डेलाई कपिलवस्तुकै्र छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई म्याद थप गरि अनुसनधान आगाडी बढाइएको प्रहरी निरीक्षक मल्लले बताए । प्रहरीमा उजुरी परेसँगै स्वास्थ्य प्रमुख पौडेललाई शिवराज नगरपालिकाले स्वास्थ्य प्रमुख पौडेललाई जिम्मेवारीबाट हटाएको छ । उनलाई नगरपालिकाले साउन २ गते मात्रै जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १ : ५५ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११